संसदीय छानबिन समिति गठन गर्न नखोज्नु आफैंमा शंकास्पद : कांग्रेस


 


काठमाडौं, चैत १९ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु संसदीय छानबिन समिति गठन गर्न तयार नहुनु आफैमा शंकास्पद रहेको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले देवराज घिमिरेलले दिएको समयमा पार्टीको तर्फबाट बोलदै कांग्रेसकी सांसद प्रतीमा गौतमले यस्तो आशंका व्यक्त गरेकी हुन् ।

उनले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताइन् । सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको उनले बताइन् ।

‘सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडामा सरकार देखिएको छ,’ उनले भनिन्, ‘सरकार टिकाउनुपर्ने छ । सत्तापक्षलाई बाध्यताहरु पनि छन ।’

तर आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । उनले सरकार सहकारी ठगहरुको पक्षमा देखिएको आरोपसमते लगाइन् ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्