एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

हेटौंडा, चैत १९ । बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।
एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको बताए ।
विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिन तयार भएको हो ।
प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार