नाउपा बैठकमा रेशम–रन्जितापक्षबीच हात हालाहाल


 


काठमाडौं, चैत १९ । नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरुबीच हात हालाहाल भएको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरुबीच हात हालाहाल भएको हो ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको नेता रामलाल डगौरा थारूले बताए ।

उनका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्