इलाम-२ मा माओवादी केन्द्रबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस


 


काठमाडौँ, चैत १९ । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ ।

माओवादी जिल्ला समिति इलामले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ । कांग्रेसले भने अहिलेसम्म उम्मेदवार चुन्न सकेको छैन ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्