सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प


 


काठमाडौं, असार २

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आजै बिहान ६ बजेर २६ मिनेटमा ४ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको छ ।

 

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्