पाँचहजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा


 


लुम्बिनी, १९ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् ।

अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ रमेश नेपाल र एल पि भानु शर्माले मणिपुर चक्रले मानिसको शरीरमा पार्ने प्रभावका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिदै त्यसलाई सक्रिय र सन्तुतिल बनाउने विधिहरूको प्रयोग र अभ्यास गराउनु भएको हो ।
    
विराट चक्र विज्ञानमा सहभागीले तीन दिनमै आफ्नो स्वास्थ्य र सोचाइमा परिवर्तन आउन थालेको बताए । लुम्बिनी प्रदेशी सांसद बिन्दु पोखरेलले कार्यक्रममा सहभागी भएपछि जीवन के हो भन्ने बल्ल थाहा पाएको बताउनु भयो । 
पूर्व मन्त्री बुद्धिमान तामाङ्ले चक्र विज्ञानमा सहभागी भएर अध्यात्म भनेको पूजापाठ मात्र होइन रहेछ आफैंलाई चिन्ने बुझ्ने र स्वस्थ्य रहने कला रहेछ भन्ने बुझेको बताउँनु भयो । काठमाडौंकी मिरा चालिसेको तीन दिनमा शरीर र मनमा स्फूर्ति बढेको बताउनु भयो । 

 तीनै तहका जनप्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकारी, व्यवसायी, उद्योगी, बैङ्कर, शिक्षक, विद्यार्थी र विभिन्न पेशामा रहेका व्यक्ति सहित पहिलो दिनदेखि ५ हजार २ सय सहभागी कार्यक्रममा मानिसले जन्मदै लिएर आएका उर्जाका सातओटा केन्द्रहरुलाई सबल र सक्रिय बनाउँने वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग भइरहेको छ ।  

सात दिने चक्र विज्ञानमा मानिसको मेरुदण्डको तल्लोभागबाट शिरको माथिल्लो भागसम्म भएका सातओटा चक्रलाई सातदिनमा वैज्ञानिक र प्रयोगात्मक ध्यानका विधिको प्रयोग गरेर सन्तुलित र सक्रिय पार्ने प्रयोग र अभ्यास गरिन्छ । 
मानिसलाई चलाउने चक्ररुपी उर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको हो । यस कार्यक्रमले आध्यात्मिक जागरणको अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्