२५ देशमा पुग्छ नेपाली छुर्पी


 


विराटनगर । दुग्धजन्य उत्पादन विदेश निर्यात समस्याका रूपमा देखिएको खोरेत रोग नियन्त्रण गर्न कोशी प्रदेश सरकारले रणनीतिक योजना अगाडि सार्ने तयारी गरेको छ ।

पशुमा देखिने भाइरसजन्य खोरेत रोग नियन्त्रण गर्न प्रदेश सरकारले विशेष क्षेत्र बनाएर अभियान सुरु गर्ने तयारी गरेको छ ।

खोरेत रोगबाट बर्सेनि हजारौँ पशु सङ्क्रमित हुने र त्यसले मानव जीवनमा समेत असर गर्ने भएकाले खोरेत सङ्क्रमित पशुको दुध र त्यसबाट उत्पादित वस्तुलाई स्वस्थकर मानिँदैन ।

त्यस्ता वस्तुको निर्यातले रोगको प्रसार हुन सक्ने भएकाले विकसित मुलुकहरू बढी संवेदनशील हुँदा नेपालबाट दुधजन्य वस्तुको निर्यातमा बाधा पुगिरहेको छ ।

कोशी प्रदेश सरकारले चालु वर्षमा बढी भएको पाउडर दुध र नौनी घिउ निर्यातलाई प्रोत्साहन गर्न बजेटमै अनुदानको व्यवस्था गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुदान दाबी गर्न नआएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले बताए । गोरखापत्रबाट

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्