सोमबार उच्च मूल्यमा काराेबार भएकाे सुनको भाउ आज घट्यो


 


काठमाडौं, चैत २० । हिजो (सोमबार) नेपाली बजारमा हालसम्मकै उच्च मूल्य बनाएको सुनको मूल्य आज (मंगलबार) भने केही घटेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्