कर्णालीका मुख्यमन्त्रीलाई मनाउँदै महेन्द्र शाही, आन्तरिक छलफल जारी


 


सुर्खेत, चैत २० । माओबादी केन्द्रले दिएको केन्द्रीय निर्देशनलाई अवज्ञा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि विवाद सृजना भएको छ ।

गठबन्धन दलबीच कर्णालीको मुख्यमन्त्री नेकपा एमालेलाई दिने सहमति भएपनि कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सांसदहरु त्यसको विरोधमा उत्रिएका छन् ।

केन्द्रको निर्णयलाई लत्याउँदै मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेपछि माओबादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्र शाही सुर्खेत पुगेका छन् ।

मुख्यमन्त्रीलगायतलाई मनाउन नेता महेन्द्रबहादुर शाहीको सहभागीमा आन्तरिक छलफल भइरहेको छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्नुअघि आन्तरिक छलफल भइरहेको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले बैठकका लागि तयारी भइरहेको बताए । आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उनको भनाइ छ ।

उनका अनुसार अहिलेसम्म माओवादीको बटमलाइन विश्वासको मत लिने नै भएको बताए । माओवादी केन्द्रका केही नेताले कर्णाली सरकार एमालेलाई दिन नहुने अडान लिएपनि केन्द्रमा शीर्ष नेताहरूबिच एमालेलाई पहिलो चरणको नेतृत्व दिने समझदारी भएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्