बागमतीमा एमालेबाट चार जना मन्त्री बन्दै


 


हेटौंडा, चैत २० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गर्दैछन् ।

चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।

एमाले स्रोतका अनुसार यसअघि पुस २५ थते गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागिएको हो । त्यसमा थप एक जना मन्त्री बन्दैछन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरको बताइएको छ ।

प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि सांसद रहेका प्रकाश पहिलोपटक मन्त्री हुँदैछन् ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्