प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख माग्दै हर्क साम्पाङ एक्लै प्रदर्शनमा


 


काठमाडौं, चैत २० । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रत्यक्ष निर्वाति कार्यकारी प्रमुखको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा एकल प्रदर्शनमा उत्रिएका छन् ।

२०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ ।

केही दिनदेखि काठमाडौंमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डु, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन लगायतसँग भेटेका छन् ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्