मेयर साम्पाङले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ, चैत २० । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गर्दै ज्ञापनपपत्र बुझाएका हुन् ।
भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।
प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार