सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने सहमति


 


काठमाडौं, चैत २० । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ ।

गठबन्धन दलबीच चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार हरेक चार दलले ११ महिनामा मुख्यमन्त्री पाउनेछनछन् ।

प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । प्रदेश तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने छैन ।

सहमति अनुसार पहिलो चरणमा कोशी, गण्डकी र कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्नेछ । त्यस्तै, बागमती, र लुम्बिनीमा माओवादी केन्द्र, गण्डकीमा एमाले, लुम्बिनीमा माओवादी, कर्णालीमा एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्