एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित


 


काठमाडौं, चैत २० । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

जिल्ला कमिटीको १०औं अधिवेशनमा मंगलबार भएको मतदानमा प्रत्यासी कमल नेपाललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षतमा निर्वाचित भएका हुन् ।

मंगलबार मध्याह्न सकिएको मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गरे भने निवर्तमान जिल्ला अध्यक्ष समेत रहेको नेपालले ३४९ मत प्राप्त गरे।

श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। नेपाल पनि २०७४ कै निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, खुला उपसचिवतर्फ शिवहरि सापकोटा र महिला उपसचिवतर्फ सुशीला पाख्रिन निर्वाचित भइन् ।

उपाध्यक्ष, सचिव र दुवै उपसचिव नेपाल समूहका निर्वाचित भएका हुन् । अधिवेशनबाट १०५ सदस्यीय कमिटी चुनिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्