हत्या आरोपमा माओवादी केन्द्रका नेता काठमाडौँबाट पक्राउ


 


काठमाडौँ, चैत २० । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन् ।

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा उनी पक्रउ परेका हुन् । हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए ।

सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पनि पक्राउ परेका थिए । उनी अहिले रिहा भइसकेका छन् ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्