श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ


 


तेह्रथुम, चैत २० । आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्