सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई पार्टीबाट कारबाही, सांसद पद खोसियो


 


धनगढी, चैत २१ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले कृषि राज्यमन्त्रीसमेत रहेकी समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएकी छन् ।

पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर सोधिएकोमा स्पष्टीकरण नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् ।

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाहको सरकारलाई समर्थन गर्दै गिरीसहित पाँच जनालाई मन्त्री पठाएको थियो । त्यसलगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलको नेता घनश्याम चौधरीलाई निर्देशन दिएका छन् ।

तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरुलाई भने कारबाही गरेकी छैनन् । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्