कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी


 


एजेन्सी ला सेरेना (चिली)

असार २

footbalअर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन उरुग्वेलाई पराजित गरेको छ। बुधबार बिहान ला सेरेनामा भएको लिग चरणको खेलमा अर्जेन्टिनाका लागि सर्जियो अगुरो गोल गर्दै टिमलाई जित दिलाएका हुन्।

स्पेनिस क्लबका स्टार लियोनेल मेसीको कप्तानीमा रहेको टिमका लागि अगुरोले खेलको ५६ ‌औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन्। यो संगै अर्जेन्टिना दुई खेलमा ४ अंकसहित समूह ‘बि’ को दोस्रो स्थानमा छ। यसअघि अर्जेन्टिनाले समान चार अंकसहित पहिलो स्थानमा रहेको पारग्वेसँग बराबरी खेलेको थियो।

बुधबार भएको अर्को खेलमा पारग्वेले जमैकालाई १-० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै, दुई खेल खेलेको डिफेन्डिङ च्याम्पियन उरुग्वेको ३ अंकका साथ तेस्रो स्थानमा छ भने समान दुई खेल खेलेको जमैका दुबै खेलमा पराजित हुँदै शुन्य अंकमा छ।

अर्जेन्टिनालाई शनिबार जमैकासँग हुने खेलमा बराबरी खेलेमा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ।

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्