गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा (नामसहित)


 


काठमाडौँ, चैत २१ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै ९ जना उपसचिवहरुको सरुवा गरेको जानकारी दिएको हो । सूचना अनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो ।

निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईंलाई ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ ।

त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकका रूपमा सरुवा तथा पदस्थापन गरेको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्