नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]


 


काठमाडौं । नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बुधबारको बैठकले १९ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्।

बढुवाका लागि ९८ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए ।

रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

यस्तो छ सूची

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्