गायक राजेशपायलसहित तीनजना कलाकार प्रहरी नियन्त्रणमा


 


काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई सरुवा गर्ने धम्की दिएपछि गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यहाँ पुगेर होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएको बताइएको छ ।

त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्