धनगढीमा प्रहरी जवान मृत अवस्थामा फेला


 


धनगढी, चैत २२ । धनगढीमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका(७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् ।

बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्