अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस १९ गते मंगलबार। इश्वी सन् २०१७ जनवरी ३ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– पञ्चमी, १३:३५ बजेउप्रान्त षष्ठी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आँटेका कामहरु सफल हुनेछन । बिस्तारै बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । पढाई लेखाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामबाट प्रतिष्ठा मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरु पराजित हुनेछन । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मान्यजनको सुझावमा काम गर्दा लाभ मिल्नेछ । ब्यापार ब्यबसायमा फाइदाको योग रहेकोछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनग्य धन आर्जन हुनेछ । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । लेनदेनमा केहि समस्या देखिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीका बाबजुद पनि रोकिएका काम बनाउन सकिनेछ । पढाई लेखाइमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण काममा सफलता मिल्नेछ भने मन खुसि रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगीहरूले साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन । अध्ययन अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचारले धेरैलाई आकर्षण गर्ने समय छ । कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । विशेष सभा समारोहमा सहभागी बन्ने मौका मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक स्थितिमा सुधार आउनेछ । शत्रुहरु पराजित हुनेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । साझेदारी काममा विवाद बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्यांकन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । विवाद बढ्ने योग रहेकोछ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्