सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप


 


धनगढी, चैत २२ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्