उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला


 


काठमाडौं, चैत २२ । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ।

जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताबीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो। बुधबारदेखि काठमाडौँको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ।

महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् । उदघाटन कार्याक्रममा बोल्दै उनले अहिलेको विषम परिस्थितिबाट माथि उठ्न आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सव आवश्यक रहेको बताए । यसले देशको आर्थिक अवस्थामासमेत सुधार हुने धारणा राखे ।

महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी सोरूम नियमिति रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताए।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्ड्रस्टजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरि ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्