सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा


 


धनगढी, चैत २२ । विश्वासको मत नपाउने अवस्था देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहीबार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो।

नयाँ गठबन्धन बनेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा परेका थिए।

सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी पार्टीसहितको नयाँ गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्य रहेका छन्।

सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्