४५ वर्षपछि फरार प्रतिवादी पक्राउ


 


काठमाडौं । ईलाका प्रहरी कार्यालय लहानले ४५ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

शनिबार लहान नगरपालिका-१८ बरैरबोनाका स्लाम मिया धुनियालाई प्र.स.नि सुनिलकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

धुनियालाई २०३६ कात्तिक ९ गते खटर चौधरीलाई मारेको आरोप थियो ।

सिराह जिल्ला अदालतले २०४२ पुस १० गते उक्त मुद्दामा धुनियालाई १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसबेला देखि नै उनी फरार थिए ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्