गण्डकीमा एमालेका खगराजले गरे मुख्यमन्त्रीमा दाबी, सभामुख पनि जोडिए


 


पोखरा, चैत २५ । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी परेका गरेका छन् ।

अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ ।

कोशीमा सभामुख सहित संख्या गनेर दावी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ ।

एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्याएर दावी पेस गरिएको अधिकारीले बताए ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्