गण्डकीकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध कांग्रेस सर्वोच्च जाने


 


काठमाडौं, चैत २६ । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याइएको थियो ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्