सुनको मूल्य निरन्तर उकालोमा, आज अर्को रेकर्ड


 


काठमाडौं, चैत २७ । नेपाली बजारमा सुनको मूल्य उकालो लागिरहेको छ ।

आज पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मै उच्च हो ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्