भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु


 


काठमाडौं, चैत ७ । भारतको उत्तराखण्डस्थित नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

जिल्लाको बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।

उनीहरु भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको बताइएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्