अर्थले दियो ६ उपसचिवलाई कामु भन्सार प्रमुखको जिम्मेवारी


 


काठमाडौँ, चैत २७ । अर्थ मन्त्रालयका ६ उपसचिवलाई कायम मुकायम ९कामु० भन्सार प्रमुखको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चोभार भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी युक्तप्रसाद सुवेदीले पाएका छन् ।

त्यस्तै, सुनसरी भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी राधेश्याम दाहाल, धनुषाको जनकपुर भन्सार कार्यालयमा राजेन्द्र बस्नेत, मलंगवाको सर्लाही भन्सार कार्यालयमा उषा पोखरेल, रौतहटको गौर भन्सार कार्यालयमा सुजितकुमार सिंह र सिरहा भन्सारको कामु प्रमुखको जिम्मेवारी तोयनारायण सापकोटालाई दिइएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्