सुनको मूल्यमा लगातार चौथो दिन नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो


 


काठमाडौं, चैत २८ । नेपाली बजारमा सुनको मूल्यमा लगातार चार दिन नयाँ रेकर्ड बनेको छ ।

आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसअघि हिजो (मंगलबार० हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज थियो। जुन दिन सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज (बुधबार) चाँदीको मूल्य पनि बढेको छ । चिँदी आज तोलामा १५ रुपैयाँ बढ३दै प्रतितोला एक हजार सात सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्