राजधानी काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर


 


काठमाडौ., चैत २८ । अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि पुगेको छ । त्यसमा पनि राजधानी काठमाडौँमा वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।

आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स ९एक्युआई० २४१ छ । पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २६४ एक्युआई छ ।

एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ ।

काठमाडौँ उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्