नेप्से १०.७१ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट


 


काठमाडौं, चैत २८ । साताको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से १०.७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार चार अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ६३ वटाको बढेको छ भने १७६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मान्डु हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज क्रमशः ९.६९ र ८.२६ प्रतिशतले बढेको छ ।

आज सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्