कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले लिए शपथ


 


सुर्खेत, चैत २८ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कँडेललाई प्रदेश प्रमुख परियारले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बदलिएको सत्ता समीकरणअनुसार कर्णाली सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि यसअघिका माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्