बरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँल रहेनन्



काठमाडाैं, पुस १९

पुराना रंगकर्मी विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ। जमल स्थित नाचघरमा मञ्चन भइरहेको बद्री अधिकारी निर्देशित नाटक ‘महर्षी याज्ञबल्क्य’ मा डायलग बोल्दा बोल्दै ७९ बर्षीय फुयाल बेहोस भएका थिए। बेहोस भएका उनलाई वीर अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। फुयाँलको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीको लागि वुधबार ११ बजे देखि २ बजे सम्म प्रज्ञा प्रतिष्ठानमा राखिने कलाकार मणीराम पोखरेलले बताए। संञ्जीव उप्रेतिको उपन्यास घनचक्कर माथि बनेको नाटकमा पोखरेल र फुयालले सँगै काम गरेका थिए।

उक्त समयमा फुयाँलले ‘नाटक गर्दा गर्दै अन्तिम स्वास लिन पाए हुन्थ्यो’ भन्ने गरेको पोखरेलले सम्झिए। कलाकारको रुपमा अन्त्यन्तै मेहनति र सबैको प्रेरणाको स्रोत भएको अर्का रंगकर्मी भोला सापकोटाले बताए। ‘नाटकमा सँगै पनि काम गर्‍यौं, उहाँ अत्यान्तै सहयोगि र मेहनति हुनुहुन्थ्यौ’, सापकोटाले भने, ‘नेपाली रंग क्षेत्रले अभिभावक गुमाएको छ।’

टेलिसिरियल तितो सत्यमा उनले भन्ने गरेको ‘ओ माइ लभ’ चर्चित थियो। बौद्ध महांकाल घर भएका उनका तीन सन्तान छन्। उनले विभिन्न नाटक, चलचित्र र टेलि सिरियलमा अभिनय गरेका छन्। पाँच दशक देखि रंग कर्ममा सक्रिय उनी नाटक पनि लेख्ने गर्थे।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News