स्कुल हिँडेकी छात्राको हत्या आरोपी युवक कारागार चलान


 


काठमाडौँ, चैत २९ । काठमाडौँको तारेभिरमा स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुगेको आरोपमा युवक कारागार चलान भएका छन् ।

हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले बताए ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामा फागुन २५ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा मृत अवस्थामा फेला परेकी थिइन् । गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय रुपेन्द्रलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि स्कुल हिँडेकी सुस्मालाई उनले क्रूर तवरले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त बौद्धले उनी विरुद्ध जन्मकैदको मागदावी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्