कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद


 


काठमाडौं, चैत २९ । सर्लाहीमा एक कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ ।

जिल्लाको मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको हो ।

उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो ।

स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्