बुद्धचित्तको रुख काटेको आरोपमा एक जना पक्राउ


 


काठमाडौँ, चैत ३० । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा बुद्धचित्त मालाको रुख काटेको आरोपमा एक जना पक्राउ परेका छछन् ।

घटना अनुसन्धान गर्न प्रहरीले तेमाल गाउँपालिका–६ ठुलोपर्सेल घर भएका मानबहादुर तामाङलाई पक्राउ गरिएको काभ्रेकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सकेट बम राखेर भागेका थिए । गतवर्ष तामाङ सहितको समूहले सो माला किनेका थिए ।

उनीहरुसँगको सम्झौता सकिएपछि स्थानीय ठाकुरानी तामाङले सो बुद्धचित्तको माला फरक समूहलाई बेच्नेगरी सम्झौता गरेकी थिइन् ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्