सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, चाँदीको पनि उच्च


 


काठमाडौं, चैत ३० । लगातार चार दिनसम्म रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेपनि आज फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।

आज (शुक्रबार) सुन तोलामा एकैदिन दुई हजार चार सय बढ्दै प्रतितोला एक लाख ३९ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार बढेर मूल्यमा रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । जुन मूल्य यसअघिको उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुन आज प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि चाँदी बुधबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य यसअघिको सबैभन्दा उच्च हो ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्