साताको पहिलो दिन घट्यो सुनको मूल्य, कति छ तोलाको ?


 


काठमाडौं, वैशाख २ । लगातारको नयाँ रेकर्ड पनि नेपाली बजारमा आज (आइतबार) भने सुनको मूल्य घटेको छ ।

गत शुक्रबार तोलामा हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ३६ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन आज ताेलामा दुई हजार चार सय रूपैयाँले घटेकाे हाे ।

सुन गत शुक्रबार प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै गत शुक्रबार हालसम्मकै उच्च मूल्य कायम गरेको चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी आज तोलामा ५० रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्