सत्तापक्षको गैह्रजिम्मेवारीले देश संकटतर्फ धकेलियो –  नेपाल


 


काठमाडौँ, पुस २०

नेकपा एमालेका नेता माधवकुमार नेपालले सत्तापक्षको गैह्रजिम्मेवारीले देश संकटतर्फ धकेलिँदै गएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बुधबार राजधानीमा गरेको अन्तरसंवादमा उनले मुलुकलाई निकास दिने विषयमा सत्तापक्ष गम्भीर नभएको आरोप लगाए ।

संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको उनको भनाइ थियो । सर्वोच्च अदालतको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको भन्दै नेता नेपालले अब सहमतिमै अघि बढ्नुपर्नेमा जोड दिए । पुस २२ गते एमालेले गर्ने जनप्रदर्शनले सरकारमाथि दबाब सिर्जना गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्