सुदूरपश्चिममा एकीकृत समाजवादीले अवसरबादी चरित्र देखायो : ओली


 


काठमाडौँ, वैशाख ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताएका छन् ।

सोमबार एमाले संसदीय दलको बैठकमा बौल्दैै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले सुदूरपश्चिमको मुख्यमन्त्री चयनका सवालमा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर जनतामा निराशा थप्ने काम गरेको बताए ।

एकीकृत समाजवादीको गरेको उक्त निर्णय सही नभएको भन्दै उनले भने सही दिशामा राजनीति फर्कँदै थियो त्यसबेला निराशा पैदा हुने गरी कदम चाल्यो ।’

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्