गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते


 


वैशाख, गुल्मी ३ । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।

सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्