ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस


 


काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा दुईजना बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको सोमबारको निर्णयअनुसार गृह मन्त्रालयले दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा उमेशराज जोशी र भिम प्रसाद ढकाल रहेका छन् । जोशीले कुल १ सय पूर्णांकमा ७३.८३६८ अंक पाएका छन् भने ढकालले ७३.६३०६ अंक पाएका छन् ।

सिफारिस अनुसार बढुवाको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नु पर्दछ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्