सुनको मूल्यमा आज फेरि अर्को नयाँ रेकर्ड


 


काठमाडौं, वैशाख ४ । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ ।

सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसअघि सुनको मूल्य सबैभन्दा बढी गत चैत ३० गते प्रतितोला एक लाख ३९ रुपैयाँमा कारोबार भएको थियो ।

सुन हिजो प्रतितोला एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य यसअघि चैत ३० गते पुगेको उच्च मूल्य बराबर हो । उक्त दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदी हिजो प्रतितोला एक हजार सात सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्