पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त


 


काठमाडौं, वैशाख ४ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटालाई नियुक्त गरिएको छ ।

पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । उनी गत चैत १५ गते मात्रै बोर्डको सदस्यमा नियुक्त भएका थिए ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने मनोनित सदस्यमध्ये बोर्डको सदस्यहरू छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।

गत चैत १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्यमा धादिङका सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्