सुदूरपश्चिममा सरकार गठनबारे प्रचण्ड र खनालबीच छलफल


 


काठमाडौँ, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले उहाँहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्