नक्कली सुन दिएर रकम ठगी गर्ने एक भारतीय नागरिक पक्राउ


 


झापा, वैशाख ४ । नक्कली सुन दिएर ठगी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका–२ बस्ने ४५ वर्षीया महिलालाई नक्क्ली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको आरोपमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेका थिए ।

यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्